दफा ५३
मतगणना लगातार गर्ने
(१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म त्यस्तो मतगणनाको काम लगातार गर्नु पर्नेछ ।
(२) काबू बाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रहरु, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्रहरु र मतगणना गर्न बाँकी मतपेटिकाहरुको लगत समेत अलग–अलग खाम, थैलो वा
बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । त्यस्तो खाम, थैलो वा बोरामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन सक्नेछ ।
(३) निर्वाचन अधिकृतले उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य छिटो पुन प्रारम्भ गर्नु पर्नेछ । निर्वाचन अधिकृतले यसरी मतगणना पुन प्रारम्भ हुने सूचना त्यस्तो स्थानमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिई मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै उम्मेदवार, उम्मेदवारको प्रतिनिधि वा दलको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।